६. विकास कोष
(१) योजना अनुसार नगर विकास कार्यको लागि समितिको एउटा छुट्टै कोष रहनेछ । जसलाई विकास कोष भनिनेछ ।
(२) विकास कोषमा देहायका स्रोतहरूबाट प्राप्त रकमहरू रहनेछन् ः–
(क) नियम ८ बमोजिम प्राप्त चन्दा वा अनुदानको रकम,
(ख) नियम ९, १०, १२ र १३ बमोजिम जग्गा बिक्री वितरणबाट आर्जन गरेको रकम,
(ग) नियम १४ बमोजिम निर्माण सामग्रीहरूको उत्पादन तथा बिक्री वितरणबाट आर्जन गरेको रकम,
(घ) विकास कोषको लगानीबाट आर्जन गरेको रकम,
(ङ) समितिले विभिन्न सेवाहरू प्रदान गरे बापत आर्जन गरेको रकम,
(च) दरखास्त दस्तूरबाट आम्दानी भएको रकम,
(छ) समितिले नगर विकासको लागि अरू स्रोतबाट प्राप्त गरेको रकम ।
(३) विकास कोषको रकम नेपाल राष्ट्र बैंङ्क वा सो नभए कुनै वाणिज्य बैंङ्कमा राखिनेछ ।
(४) विकास कोषको सञ्चालन गर्दा समितिले सो कोषको रकम योजना अनुसार नगर विकास कार्यमा लगाउनु पर्नेछ । साथै समितिले नगर विकासको कार्यमा सघाउ पु¥याउन लगानी गरी विकास कोषको रकम बढाउँदै लैजाने तर्फ पनि प्रयत्न गर्नु पर्नेछ ।